Thursday, May 28, 2009

हाइकु लेख्दै हुनुहुन्छ ?

लेखक : गोपीराज आचार्य 'प्रेमी'
स्रोत : कान्तिपुर
गजल र कविताको अनुपातमा कमै प्रकाशित भए पनि बेलाबेलामा हाइकु पनि पढ्न पाइरहेका छौं । तथापि हाइकु लेख्ने महानुभावहरूले हाइकुसम्बन्धी सामान्य नियमलाई कहीँ कतै ख्याल नगरिएको भए तापनि हाइकु लेख्ने प्रयास गर्नुभएकोमा धन्यवाद । गजल, कविता, हाइकु लेख्ने आ-आÏनै परिधि र नियम हुन्छन् । तसर्थ नियम र परिधिभित्र रही रचना गरिएका हाइकु स्तरीय र प्रशंसनीय हुन जान्छ ।
हाइकु नेपाली साहित्यको अभिन्न विधामध्ये एक हो । नियम र परिधिबाहिर गएर लेखिएको हाइकुको अर्थ हँुदैन ।
नेपाली साहित्यको कविता विधामा हाइकु शैली पनि पछिल्ला दिनहरूमा निकै फस्टाएका छन् । पाँच, सात र पाँच अक्षरले कुल सत्र अक्षरका तीन हरफमा सिर्जना गरिने हाइकुलाई संसारकै लघुतम कविता भनिन्छ । पहिलो र तेस्रो वा अन्तिम हरफमा पाँच-पाँच अक्षर र दोस्रो वा बीचको हरफमा सात अक्षरलाई गेय शैलीमा प्रस्तुत गरी सिर्जना हुने कविता नै हाइकु हो ।
केही हाइकुहरूले घोषित मापदण्डलाई पूरा नै नगरी प्रकाशमा आएको देखेको छु । यसका लेखक तथा सम्पादक महोदयहरूले समेत ध्यान पुर्‍याउन् भन्ने मेरो निजी धारणा हो । हाइकु कविताको प्रारम्भ र विकासको श्रेय जापानलाई छ । नेपाली साहित्यमा एक युग थियो जतिबेला छन्दबद्ध श्लोक सिर्जनाको प्रचुरता थियो । नेपाली कवितामाथिको यस्तो प्रभाव संस्कृत साहित्यको श्लोक विधाको अनुसरण र प्रेरणा थियो । यसै माध्यमबाट अत्यन्त प्रचलित अनुष्टुप, लोकपि्रय शिखरणी, इन्द्रवज्रा, मन्दाक्रान्ता र उपेन्द्रवज्रा लगायतका छन्द शैली नेपाली भाषा साहित्यमा भित्रिएको
हो । आठौं शताब्दीतिर प्रकाशित जापानको पहिलो महाकाव्य मानायोसु -४५१६ वटा ताङका लघु कविता)
हो । र हाइकुको बीज पनि ताङका शैलीमा उद्भव भएको कुरा यो मानायोसुबाट प्रस्टिन्छ । हाइकुको अर्थ कविताको थालनी हो । ताङकाको पहिलो तीन हरफलाई कविताको प्रारम्भ अर्थात् हाइकुको बीज भनिन्छ । हाइकु रचना मृदृव्य, उद्वेग, संकेत र घतजस्ता पक्षलाई समावेश गरेर सिर्जना हुन्छ । भनिन्छ हाइकुमा समाविष्ट अनुआत्मालाई आनन्द सम्प्रेषण गर्नुपर्छ ।
नेपाली साहित्यकार एवं कवि क्षेत्रप्रताप अधिकारीद्वारा प्रकाशित कृति 'हाइकु र हाइजिन' ले हाइकु लधु कविता यसको उद्भव र विकासका एवं सर्जकका विषयमा अझ फराकिलो किसिमले जानकारी गराएको छ । जापानी भाषामा सिर्जित हाइकुलाई नेपाली अनुवादमा समेत प्रस्तुत गरिएको यस 'हाइकु र हाइजिन' मा हाइकु सम्राट 'माचुओ वासो' समेत थुप्रै जापानी हाइकु कविहरूको रचना र लेखनशैली एवम प्रवृत्तिबारे प्रकाश पारिएको छ । हाइकुमा झरोवादी शैली अपनाउने हाइजित -सर्जक) 'इम्पेकिरो नामा चुका' का विषयमा पनि मनग्ये जानकारी पाउन सकिन्छ । यी सामान्य नियम र परिधिभित्र रचना गरिए हाइकु सही अर्थमा हाइकु बन्नेछन् ।

No comments:

Post a Comment